मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि तनावग्रस्त बन्यो विराटनगर 

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि तनावग्रस्त बन्यो विराटनगर 

ना. ४ ख २४८३ नम्बरको ट्रकले विराटनगर–१८ का अन्दाजी ६० वर्षीय साइकल यात्री श्याम साहलाई ठक्कर दिएको

शुक्रबार, असोज १८ २०८१
शुक्रबार, असोज १८ २०८१
  • विराटनगर । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावपूर्ण बनेको छ । 

    भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर एक साइकल यात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले आन्दोलन गरेपछि अवस्था तनावपूर्ण बनेको हो । बिहिवार साँझ आईसीपी रोडमा ना. ४ ख २४८३ नम्बरको ट्रकले विराटनगर–१८ का अन्दाजी ६० वर्षीय साइकल यात्री श्याम साहलाई ठक्कर दिएको थियो । 

    ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका साहलाई प्रहरी टोलीले उपचारको लागि विराट नर्सिङ होम पु¥याएको थियो । नर्सिङ होममा पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । साहको मृत्युपछि आक्रोशित बनेका स्थानीयहरुले भन्सार कार्यालयलाई लक्षित गरेर शुक्रबार बिहान ढुंगामुढा प्रहार गरेका थिए । 

    सडक साघुँरो हुँदा दुर्घटना बढेको भन्दै स्थानीयहरुले सडकको स्तरउन्नती हुनुपर्ने, मालवाहक सवारी सधानको गति सिमीत हुनुपर्ने, सडकमा रात्रिकालीन बत्तिको व्यवस्था हुनुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन् । मृतक साहको शव अस्पतालमै रहेको छ । उनका परिवारका सदस्य र आफन्तले शव बुझ्न मानिरहेका छैनन् । 

    दुर्घटना पछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका– ५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार