बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

दशैंको मौका छोपेर बढी भाडा असुल्ने हाइसका सञ्चालक पक्राउ 

दशैंको मौका छोपेर बढी भाडा असुल्ने हाइसका सञ्चालक पक्राउ 

उनीहरुले एक यात्रुबाट एक हजार देखि २५ सय रुपैयाँ सम्म धेरै भाडा लिने गरेको पाइएको

शुक्रबार, असोज १८ २०८१
शुक्रबार, असोज १८ २०८१
  • काठमाडौं । दशैंका लागि घर फर्किने यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने हाइसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    काठमाडौंबाट पोखरा, दमौली, लमजुङ लगायतका जिल्लामा जाने हाइस चालकहरुले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कमा अनुगमन गरेर बढी भाडा असुल्ने चालकहरुलाई नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आलेमगरसहित अन्य पाँच हाइसका चालक र सह—चालकहरु रहेका छन् । उनीहरुले एक यात्रुबाट एक हजार देखि २५ सय रुपैयाँ सम्म धेरै भाडा लिने गरेको पाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । 

    बाढी/पहिरोको कारण देखाउँदै दशैंको समयमा कालोबजारी गर्ने तथा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई निगरानीमा राखेर पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 



    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार