चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु हुनेमा हरिपुर नगरपालिका– ६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंह रहेका छन् । बिहिवार साँझ पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्दै जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
खोरसोर नजिकको पुलक्रस गरेर आउँदै गर्दा सिमलको रुखमुनी बसेको हात्तीले आक्रण गर्दा उनको मृत्यु भएको निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले बताए । जग्दुका साथमा एक जना अर्का पनि भएको र उनी भने भागेर बाँच्न सफल भएको बताइएको छ ।
