मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

ज्ञापनपत्र 

मिटरब्याजीलाई कारबाहीको माग गर्दै नेकपा (बहुमत) दाङले सिडीओलाई बुझायो ज्ञापनपत्र 

मिटरब्याजीलाई कारबाहीको माग गर्दै नेकपा (बहुमत) दाङले सिडीओलाई बुझायो ज्ञापनपत्र 

ज्ञापनपत्रमा दलाल, तस्कर, भ्रष्टाचार, कालोबजारी, वित्तीय आतंकविरुद्ध नेकपा (बहुमत) ले जन–एकता अभियान सञ्चालन गरिरहेको पनि उल्लेख गरिएको

शनिबार, असोज १९ २०८१
शनिबार, असोज १९ २०८१
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 

    वित्तीय आतंक बन्द गर्न तथा मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपा (बहुमत) दाङका जिल्ला सेक्रेटरी अमर खड्का नेतृत्वको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी लम्साललाई ज्ञापनपत्र बुझाएको हो । 

    बैंक तथा वित्तीय संस्थालाई एक अंक र स्थिर ब्याजदरमा कायम गर्नुका साथै जनताको घरबार जग्गा जमिन लिलाम नगर्न कडा व्यवस्था गर्नुपर्ने नेकपा (बहुमत) द्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

    दशैंको मौका छोपेर व्यवसायीहरुले जनताको ढाड सक्ने गरी चर्काे रुपमा मुल्य वृद्धि गरेकोले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । राज्य जनताको नभएको हुँदा जनताले दुःख पाइरहेका र अहिले आफूहरुले जनताको राज्य सत्ता बनाउनकै लागि संघर्ष गरिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

    नेकपा (बहुमत) ले प्रमुख जिल्ला अधिकारी लम्साललाई बुझाइएको ज्ञापनपत्रमा दलाल, तस्कर, भ्रष्टाचार, कालोबजारी, वित्तीय आतंकविरुद्ध नेकपा (बहुमत) ले जन–एकता अभियान सञ्चालन गरिरहेको पनि उल्लेख गरिएको छ । 

    यस्ता छन नेकपा (बहुमत) दाङले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका मागहरु:

    १.सिमा तथा सवारी साधन, होटल रेस्टुरेन्ट लगायत अन्य उपभोग्य सरसामान किनमेलमा गरिने ठगी , पाकेटमार,ज्यादती, लुटपाट नियन्त्रण गरियोस् ।

    २.गुणस्तरहिन तथा अखाद्य बस्तुको बिक्रीवितरण तथा उपभोगमा रोक लगाइयोस । 

    ३.कालोबजारी नियन्त्रणका लागि व्यापक बजार अनुगमन गरि कारवाहिको दायरामा ल्याइयोस । 

    ४.चाडवाडका नाममा हुने जुवातास, जाडरक्सी,  लगायत सामाजिक हिंसालाई कडाइ गरियोस। 

    ५.विभिन्न प्रकृतिका चोरी तस्करी, नदिनाला दोहन लगायतको कडा नियमन तथा नियन्त्रण गरियोस् । अबैध क्रसर हरु बन्द गरियोस। 

    ६. वित्तीय आतंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरव्याजिलाइ कार्वाही गरियोस् । 

    ७. दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस ।

    ८. सरकारी कार्यलय र कर्मचारिलाइ अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाइयोस । 

    ९. बैंक तथा वित्तीय संस्थालाइ एक अंक र स्थिर व्याज दर कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस। 

    १०. लागुऔषधको किनबेच र प्रयोगमा कडाइ गरि कार्वाहीको गरियोस । 

    ११. चाडबाड लक्षित गरि सडक, सवारी साधन र सवारी चालक लाई व्यबस्थित गरियोस । 

    १२. क्षमता भन्दा बढी यात्रु राख्ने, मापसे वा लापसे गर्ने , नियम भन्दा बढी भाडा लिने,तिब्र गतिमा चलाउने लगायतका क्रीयाकलाप रोकियोस । 

    १३. कर छली , भन्सार चुहावट, न्युनबिजिकरण, गलत जाचपास गर्नेलाइ कारवाही गरियोस ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार