मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

समाचार

काभ्रेमा किम्बु खाँदा बालकको मृत्यु 

काभ्रेमा किम्बु खाँदा बालकको मृत्यु 

मृत्यु हुनेमा जिल्लाको नमोबुद्ध नगरपालिका– ४ काफ्लेथोकका गणेश मैनालीका १२ वर्षी छोरा प्रशान्त मैनाली रहेका छन् ।

बागीपाेस्ट संवाददाता
बिहीबार , वैशाख ६ २०८१

काठमडौं । काभ्रेमा किम्बु खाँदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको नमोबुद्ध नगरपालिका– ४ काफ्लेथोकका गणेश मैनालीका १२ वर्षी छोरा प्रशान्त मैनाली रहेका छन् । प्रशान्तले स्कुलबाट घर फर्किने क्रममा किन्बु खाएका थिए । उनी घर फर्किएपछि अत्याधिक बान्ता भएको थियो । 

घरमा अत्याधिक बान्ता गरेपछि प्रशान्तलाई उपचारको लागि भकुण्डे अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजन कुमार श्रेष्ठले मृत्यु भएका बालकको शव परीक्षणपछि आफन्तले बुझिसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार