धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत अवस्थमा फेला परेको छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्र नजिकै पर्ने ढक्का पोष्ट नजिकै उक्त हात्ती मृत अवस्थामा फेला परेको हो । हात्ती गर्भवती अवस्थामा रहेको थियो ।
बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको देखिएको उनले बताए । कानून अनुसार सबै प्रकृया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ ।
