मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना 

काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना 

काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना 

उक्त जाम छल्नको लागि नुवाकोट हुँदै गल्छी निस्किीयर लमजुङ जाने तयारीमा

शनिबार, असोज १९ २०८१
शनिबार, असोज १९ २०८१
  • काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटनामा परेको छ । 

    काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको सुपर दोर्दीको बा १४ च ३८५५ नम्बरको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको र चालकको मृत्यु भएको जनाइएको छ । 

    प्रहरीका अनुसार अन्य दुई जना घाइते भएका छन । मृतक चालकको सनाखत भएको छैन् । यही असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण पहिरो जाँदा नागढुङ्गा तर्फको सडक खण्डमा घण्टौं जाम हुने भएकाले उक्त जाम छल्नको लागि नुवाकोट हुँदै गल्छी निस्किीयर लमजुङ जाने तयारीमा उक्त गाडी थियो । 

    उक्त गाडीमा ४ जना पुरुष र २ जना महिला गरी जम्मा ६ जना सवार रहेको प्रहरीले जनाएको छ । 



    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार