नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ ।
हिजो बर्दाघाट नगरपालिका– ४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज बिहान ९ बजेदखि बाटो एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेश बोहोराका अनुसार सडक भासिएपछि अवरुद्ध भएको दाउन्नेस्थित खोर्सानीखोलाको सडक मर्मतपछि आज बिहानदेखि एक तर्फीरुपमा यातायात सञ्चालनमा आएका छन् ।
उनका अनुसार सडक मर्मत सम्भारको कार्य जारी रहेको र आजै दुईतर्फी रुपमा यातायात सञ्चालन गर्ने तयारी रहेको छ । तर, सडक भासिने क्रममा नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भने रहेको जनाइएको छ ।
