काठमाडौं । लमजुङको दुधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ ।
दुधपोखरी– ५ कोल्की घर भएकी ५८ वर्षीया गुरुङ केही वर्षयता पाठेघरको क्यान्सरबाट पीडित थिइन् । उनलाई थप पीडा भएपछि उपचारको लागि चितवन ल्याउँदै गर्दा मंगलबार बिहान बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
गुरुङ कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा कांग्रेस महासमिति सदस्य हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनवामा गुरुङ नेपाली कांग्रेसको तर्फबाट दुधपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थिइन् ।
