बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ 

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ 

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० लामिश्‍वारा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विक रहेका

मंगलबार, असोज २२ २०८१
मंगलबार, असोज २२ २०८१
  • तनहुँ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँबाट एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० लामिश्‍वारा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विक रहेका छन् । उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार