काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । मंगलबार खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको सन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरुवात गरेका हुन् ।
सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट पानी खोलिएसँगै हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विभिन्न शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
उनले भने, “मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राती अबेरसम्म पनी पठाउने विषयमा भएको वार्ता सफल भएपछि सुन्दरीजलमा पनी पथान्तरण गरेका थियौं । अहिले यहाँबाट उपत्यका खानेपानी लिमिटेडका विभिन्न शाखाहरुमा पानी पठाइएको छ, अब केही समयमा नागरिकका धारा धारामा पानी पठाउँछौं ।”
