बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका– ७ बस्ने ३१ वर्षीय हजरूल खातुन रहेका

बुधबार, असोज २३ २०८१
बुधबार, असोज २३ २०८१
  • सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा हरिनगर गाउँपालिका– ७ बस्ने ३१ वर्षीय हजरूल खातुन रहेका छन् । उनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय  ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार