मकवानपुर । मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा ३५ जना घाइते भएका छन्।
भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा. ३ ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो ।
बा. २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएकाहरुलाई उद्धार गरि ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।
अन्य घाइतेहरुको भने मकवानपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
