पोखरा । पोखरामा राँगोले हानेर एक जनाको मृत्युु भएको छ ।
मृत्युु हुनेमा पोखरा- ३३ का ३७ वर्षीय धनन्जय आचार्य रहेका छन् ।
उनी मंगलबार आफ्नै दाजुको भैंसी फर्ममा घाँसपानी हाल्न गएको बेला राँगोले हानेको थियो ।
पोखरा- १७ विरौटा बस्दै आएका आचार्य सिर्जना बोर्डिङ स्कुल र जनचेतना माविमा अध्यापनरत थिए । राँगोले हानेपछी उनको शव क्षतविक्षत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शवको पोष्टमार्टम मंगलबार नै गरिएको थियो ।
