मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

श्रद्धाञ्जली

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

सन् २००८ मा उनलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो।

बिहीबार , असोज २४ २०८१
बिहीबार , असोज २४ २०८१
  • काठमाडौं। टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

    टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनलाई उच्च रक्तचापको समस्या रहेको जनाइएको छ ।

    सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए ।

    उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष भएका थिए।

    सन् २००८ मा उनलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो।

    उनको निधनप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार