बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

चिनियाँ नागरिकको डेराबाट १९ लाख चोरी, ४ जना पक्राउ 

चिनियाँ नागरिकको डेराबाट १९ लाख चोरी, ४ जना पक्राउ 

उनीहरुले फलामको लकरमा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसीक्यामराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार

बिहीबार , असोज २४ २०८१
बिहीबार , असोज २४ २०८१
  • काठमाडौं । चिनियाँ नागरिकको डेराबाट लाखौंको चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा नुवाकोटर घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चाकका २७ वर्षीय धनेष लामा, नुवाकोटका २८ वर्षीय डियुक सापकोटा र सोही ठाउँका २६ वर्षीय श्रीमाया तामाङ रहेका छन् । 

    असोज २२ गते काठमाडौं महानगरपालिका– ३२ पेप्सीकोलास्थित अञ्जली तामाङको घरमा डेरा गरी बस्ने ५७ वर्षीय चिनियाँ नागरिक लुओ जिया लियानको कोठा फोरेर लाखौं रुपैयाँ बराबरको चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरुले फलामको लकरमा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसीक्यामराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १६ लाख ४९ हजार ७४० रुपैयाँ, चोरी गरेको फलामको सेफ, चोरी गरेको रकम बाट बाँडफाँड गरी उक्त रकमबाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल तथा ६ वटा मोबाइल बरामद गरेको छ ।

    प्रहरीका अनुसार उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार