काठमाडौं । पुण्य गौतमलाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काभ्रेको तेमालका ३० वर्षीय टासी भनिने सञ्जिव लामा र रसुवा नवकुण्डका ४१ वर्षीय मिलन भनिने दिलबहादुर गङदान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु हिजो पक्राउ परेका हुन् ।
गौतममाथि आक्रण गर्ने आक्रमणका योजनाकार गङदान रहेको र उनी ‘नागरिक बचाउ महाअभियान’ अन्तगर्तको ‘नागरिक प्रतिरक्षा बल’ को संयोजक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘नागरिक बचाउ महाअभियान’ का मुख्य अभियानता भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् ।
यही आसोज २१ गते साँझ गौतममाथि काठमाडौंको गोकर्णेश्वरमा आक्रमण भएको थियो । आक्रमणपछि घाइते भएका उनलाई नेपाल मेडिकल कलेजमा उपचार गराइएको थियो ।
पक्राउ परेका लामा र गुङदानमाथि ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरेर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
