मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मौसम 

यस्तो छ आजको मौसम, यी स्थानमा हुनेछ वर्षा 

यस्तो छ आजको मौसम, यी स्थानमा हुनेछ वर्षा 

कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, असोज २६ २०८१
शनिबार, असोज २६ २०८१
  • काठमाडौं । आज देशका कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहनेछ । 

    कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    विभागका अनुसार आज राती देशभर पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार