मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट टीका

प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट टीका

शनिबार, असोज २६ २०८१
शनिबार, असोज २६ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

    साथै प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उनको सचिवाललये जनाएको छ ।

    यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार