बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा /अपराध

बोराभित्र किशोरीको शव फेला

बोराभित्र किशोरीको शव फेला

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको

शनिबार, असोज २६ २०८१
शनिबार, असोज २६ २०८१
  • धनगढी । डडेल्धुरामा बोराभित्र एक किशोरीको शव फेला परेको छ ।

    जिल्लाको अमरगढी नगरपालिका- ७ अमरगढी बजार नजिकै प्लास्टिकको बोरामा बेरिएको अवस्थामा एक किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

    डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले गएराती करिब ११ बजे १४ वर्षीया आरती भट्टराईको शव फेला परेको बताए । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शव पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक भट्टराईको बाहिर चोटपटक नदेखिएपनी नाकबाट रगत बगीरहेको पाइएको छ ।

    घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार