काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा थप ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको जनाइएको छ । बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।
दोलखाका भीमेश्वर नगरपालिका– १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर गएको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना परहेको प्रहरीले जनाएको छ ।
