काठमाडौं । यूइएफए नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डमाथि सहज जित निकालेको छ ।
क्रीस्टियानो रोनाल्डोले गरेको एक सय ३३ औँ अन्तर्राष्ट्रिय गोलको मदतमा पोर्चुगलले पोल्यान्डमाथि ३-१ गोलको जित निकालेको हो ।
पोर्चुगलले बोनार्डो शिल्भाको गोलले अग्रता लिएको थियो । त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
घरेलु टोली पोल्यान्डका लागि पिटर जेलेन्स्किले एक गोल फर्काए तर पोर्चुगलले एक आत्मघाती गोल उपहार पायो र पोल्यान्डलाई ३-१ गोलले पराजित गर्यो ।
