काठमाडौं । भारतमा राष्ट्रवादी कांग्रेस (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ ।
शनिवार राती मुम्बईको आन्द्रामा आक्रमणकारीले उनिमाथि दर्जनौं गोली प्रहार गरेर हत्या गरिएको हो । हाल्सम्म गोली हान्ने समूहको पहिचान नभएको मुम्बई प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाबा सिद्दिकीमाथि छोरा जिसान सिद्दिकीको कार्यालय बाहिर बान्द्राको निर्मल नगरको कोलगेट मैदान नजिकै रहेको बेला गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएक उनलाई उपचारको लागि लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
सिद्दिकीले महाराष्ट्र विधानसभा बान्द्रापश्चिमबाट तीनपटक प्रतिनिधित्व गरेका थिए । कांग्रेस परित्याग गरि उनी यसै वर्ष उनी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए ।
