काठमाडौं । काभा यू– २० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा भलिबल टोली आज स्वदेश फर्किएको छ ।
श्रीलंकाको कोलोम्बोमा भएको प्रतियोगिताको फाइनलमा उज्वेकस्तिानसँग ३–१ को सेटजमा पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउँदै रजत पदक हात पारेको थियो । पहिलो सेटमा २७–२५ ले आफ्नो पक्षमा परेपनि त्यसपछिका लगातर तीन सेटमा नेपाल पराजित हुन पुग्यो ।
प्रतियोगिता पश्चात् कोलोम्बोबाट स्वदेश फर्किएको काभा यू– २० नेपाली पुरुष भलिबल टीलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतका पदाधिकारीहरुले विमानस्थलमै टीका, जमरा र खादा लगाएर स्वागत गरे ।
