मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

दुर्घटना

तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु 

तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु 

माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको

सोमबार, असोज २८ २०८१
सोमबार, असोज २८ २०८१
  • तनहुँ । तनहुँमामा माइक्रो बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ । 

    पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी– २ ढारपाटामा सोमबार बिहान गण्डकी एओओ १५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    हल्दार नहर्कीको स्थायी घर गोरखा रहेको र उनी गोरखाबाट पोखरातर्फ जाँदै गरेको अवस्थामा उनलाई तनहुँको आबुखैरेनीमा माइक्रो बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । 

    प्रहरीका अनुसार माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि आँबुखैरेनी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो । 

    माइक्रो बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार