मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पर्वतारोही

दावा याङ्जुम र निमा रिञ्जीसहित ९ जना विश्वकीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत 

दावा याङ्जुम र निमा रिञ्जीसहित ९ जना विश्वकीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत 

उनीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको

सोमबार, असोज २८ २०८१
सोमबार, असोज २८ २०८१
  • काठमाडौं । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुको सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेर स्वदेश फर्किका नेपाली पर्वतारोहीहरुलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

    ९ जना विश्वकीर्तिमानी आरोहीहरुलाई नेपाल पर्वतारोहण संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समारोहको आयोजना गरी भव्य स्वागत गरेको हो । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमशिखरहरुको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा सहितलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

    कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जिी शेर्पा, ८ हजार मिटरभन्दा अग्ला हिमालहरु ५० औँ पटक आरोहण गरेका तथा विना अक्सिजन ८ हजार मिटरभन्दा १४ वटा हिमालहरु छोटो समयमा आरोहण गर्न सफल आरोही निर्मल पुर्जालाई भव्य स्वागत गरिएको हो । 

    त्यस्तै ८ हजार मिटरभन्दा अग्ला हिम शिखरहरु चुम्न सफल बनेका पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा हिम शिखरहरु चुम्न सफल आरोही पासाङ टेन्डी शेर्पा, विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमशिखरहरु सफल मिङतेन्दा शेर्पासहित ९ जनालाई नेपाल पर्वतारोही संघ र समर्थकहरुले सोमबार बिमानस्थलमा बजागाजा, खादा र मालासहित भव्य सम्मान गरे । 

    साथै उनीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार