मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

निधन 

विपद् उद्धारमा खटिएका एपीएफका इन्सपेक्टर दिलबहादुर बडुवालको निधन 

विपद् उद्धारमा खटिएका एपीएफका इन्सपेक्टर दिलबहादुर बडुवालको निधन 

विपद् उद्धार र राहत वितरण कार्यक्रममा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन

सोमबार, असोज २८ २०८१
सोमबार, असोज २८ २०८१
  • काठमाडौं । विपद् उद्धार र राहत वितरण कार्यक्रममा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । 

    उनको आज बिहान बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा निधन भएको हो । विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका– ५ आइटी पार्कमा मन्सुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ गतेदेखि बडुलाल सोही बेसको कमान्डमा थिए । 

    असोज ११ र १२ गते परेको अविलरल वर्षापछि काभ्रेका विभिन्न ठाउँमा भएको धनजनको क्षतीमा उद्धारका लागि उनको कमाण्डमा टोली खटिएको थियो । बडुवालको स्वास्थमा समस्या देखिएपछि असोज २६ गते एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार भैरहेकोमा सोमबार बिहान उनको निधन भएको सशस्त्र प्रहरी संगठनले जनाएको छ । 

    बर्दिया घर भएका बडुवाल २०८० सालमा असईबाट सेवा प्रवेश गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार