मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वुमन्स टी- २० विश्वकप

पाकिस्तानलाई पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा

पाकिस्तानलाई पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा

न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना पनि समाप्त

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • काठमाडौं । आईसीसी वुमन्स टी- २० विश्वकप क्रीकेट प्रतियोगितामा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षीत बनाएको छ ।

    गएराती भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै आफ्नो सेमिफाइनल यात्रा सुरक्षीत गरेको हो ।

    जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो । राम्रो नेट रन रेटको जितमा सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसामु आक्रामक खेल्ने विकल्प मात्र थियो ।

    न्युजिल्यान्डका लागि ओपनर सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् । यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो ।

    लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना पनि समाप्त भएको थियो ।

    समूह बी बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार