बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका– ३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहान रहेका

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा आरोपमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका– ३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहान रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार बिर बहादुरले अर्जुनधारा नगरपालिका– ३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार