मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

नेकपा (बहुमत) ले मिटरब्याजी पन्थलाई दल्यो कालोमोसो

नेकपा (बहुमत) ले मिटरब्याजी पन्थलाई दल्यो कालोमोसो

मिटरब्याजी, सुदखोर र करछली लगायतको आरोप लगाउदै नेकपा (बहुमत) ले मंगलबार पन्थलाई कालोमोसो दलेको

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले दाङका मिटरब्याजी दुर्गा प्रसाद पन्थलाइ कालोमोसो दलेको छ ।

    मिटरब्याजी, सुदखोर र करछली लगायतको आरोप लगाउदै नेकपा (बहुमत) ले मंगलबार पन्थलाई कालोमोसो दलेको हो ।

    पन्थ मिटरव्याजीको नाइके भएको, नामुद सुदखोर, जाली तमसुक कागज चेक लिएर जनतालाइ सास्ती दिएको र राजस्व छली गरेको भन्दै नेकपा ( बहुमत) ले उनलाई कारबाही गरेको जनाएको छ ।

    त्यस्तै उनले चक्रीय व्याज दर लगाइ जनतालाइ वेघरबार बनाएको, वित्तिय आतंक मच्चाएको, अवैध ढंगले अकुत सम्पत्ति जोडेको लगायतका आरोप नेकपा (बहुमत) लगाएको छ ।

    बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरब्याजी र सुदखोरहरुले श्रमिक जनताका विरुद्ध चलाइरहेको "वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा" गरेको र सोही अन्तर्गत आज नेकपा (बहुमत) ले मिटरब्याजी पन्थलाई कारबाही गरेको नेकपा बहुमत दाङका सेक्रेटरी अमरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सुरुमा न्यु पन्थ इन्टरप्राजेज घोराही -१० मा प्लास्टिकका भाडाकुडाको व्यापार व्यबसाय गर्ने पन्थ २०७१ देखि भने कुनै पनि पेशा व्यवसायमा संलग्न नभएको र स्थायी लेखा नं ३००२२३२७७/३३७ भएको न्यु पन्थ इन्टरप्राइजेज ले आन्तरिक राजस्व कार्यालय तुल्सिपुरका अनुसार उनले राज्यलाइ तिर्नु पर्ने कुनै पनि राजस्व नतिरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    झन्डै तीन सय भन्दा बढी जग्गा धनी पुर्जा आफ्नै नाममा भएका पन्थ आफ्नै निजि निवासमा कार्यालय नै राखेर मिटर व्याजको धन्दा गर्ने गरेका र विभिन्न शक्तीकेन्द्र र सत्तासिन पार्टिको राम्रै आशिर्वाद पाएका दाङ जिल्ला कै नामुद सुदखोर उनले चर्को व्याजदरमा ऋण लगाएर अर्बौको सम्पत्ति जोडेको नेकपा (बहुमत) को आरोप छ ।

    "निज पन्थलाइ दश दिन भित्र छिनुवा पास , दृष्टि बन्धक वा चेक तथा तमसुक गरि कब्जामा लिएको घर जग्गा नि:सर्त फिर्ता गर्न कडा निर्देशन गर्दछौं। निजको सम्पतीको श्रोत र सम्पत्ति लाई सम्पत्ति शुद्धीकरणको कानुनी दायरामा लिन राज्यको निकायलाई विशेष अनुरोध गर्दछौं । अन्यथा हामी अर्को चरणको निर्मम कारबाही गर्न बाध्य हुने व्यहोरा समेत अवगत गराउदछौं," नेकपा (बहुमत) का सेक्रेटरी अमरद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    IMG-20241015-WA0005.jpg
    IMG-20241015-WA0004.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार