मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री ओली र जापानी राजदूतबीच भेटवार्ता 

प्रधानमन्त्री ओली र जापानी राजदूतबीच भेटवार्ता 

भेटमा उनीहरुबीच बाढी–पहिरोबाट प्रभावित बीपी राजमार्ग पुनर्निमार्णमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको

बुधबार, असोज ३० २०८१
बुधबार, असोज ३० २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । 

    बुधवार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटमा उनीहरुबीच दुई देश बीचको परम्परागत सम्बन्ध, दुईपक्षीय हितका विविध विषय तथा सहयोग आदान प्रदानबारे छलफल भएको जनाइएको छ । 

    भेटमा उनीहरुबीच बाढी–पहिरोबाट प्रभावित बीपी राजमार्ग पुनर्निमार्णमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार