काठमाडौं । धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव काठमाडौं ल्याइएको छ ।
धौलागिरी हिमाल आरोणका क्रममा गत अक्टोबर ५ मा ५ जना रुसी आरोहीहरु मृत फेला परेका थिए । खराब मौसमका कारण उनीहरुको शव ल्याउन सकिएको थिएन् ।
आधार शिविरको हाइक्याम्पमा बास बसेर धौलागिरी आरोणका लागि गएका उनीहरु ७६०० मिटरको उचाइबाट सम्पर्कविहिन भएका थिए । मृत्यु हुनेमा रसियन आरोहीहरु अलेक्जेन्डर डिसीको, ओलेक क्रुग्लोभ, सिस्टकोभ भ्लादिमिर, नोसेन्खो मिखाइल र एसएचपिलेभोज द्धिमित्री रहेका छन् ।
उनीहरुको शव आज काठमाडौं ल्याएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ ।
