काठमाडौं । बीपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।
यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बिपी राजमार्गको नेपालथोक–बर्खे खोला सडक खण्ड (सिन्धुली) को करिब ४ किलोमिटर भन्दा बढी लम्बाईको सडक पूर्ण रुपले बगाएको थियो ।
उक्त सडक खण्डमा ट्रयाक निर्माण गरेर साना सवारी साधन सञ्चालन गरिए पनि बेलुका ६ बजेदेदखि बिहान ५ बजेसम्म सवारी साधान आवागमनमा पूर्ण रुपमा रोक लगाइएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले, सडक डिभिजन खोल्टेले बुधवार एक सूचना जारी गरेर बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।
