काठमाडौं । ललितपुरको भैसेपाटी प्रहरी विभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु कुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बलात्कार मुद्दामा फासाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनलाई असोज १० मा जिम्मेवारीबाट हटाएको थियो ।
यस घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान थालेको थियो । उनीविरुद्ध जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै थप अनुसन्धानको कार्य अगाडी बढाइने जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिबेदन अदालतमा बुझाइने बताएको छ ।
