मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टीआरसी

आयोग गठन गर्न ‘सर्च कमिटी’ लाई पूर्णता दिने शिर्ष नेताहरुबीच सहमति 

आयोग गठन गर्न ‘सर्च कमिटी’ लाई पूर्णता दिने शिर्ष नेताहरुबीच सहमति 

एक साताभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोगको गठनको काम टुंगिने

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं । तीन दलका शिर्ष नेताहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिने सहमति भएको छ । 

    प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बिहिवार सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति जुटेको हो । 

    अघिल्लो सरकारको पालामा आयोग गठनको लागि ‘सर्च कमिटी’ गठन गरिएको थियो । सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारे छलफल भएको र शिर्ष नेताहरुबीच यही विषयमा सहमति भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । 

    उनले एक साताभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोगको गठनको काम टुंगिने बताए । 

    उनले भने, “एक दुई दिनभित्र सर्च कमिटीले पूर्णता पाउँछ । स्वतः आयोग गठनको प्रक्रिया अघि बढ्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने आयोग गठन हुनुपर्छ भन्नेछ ।”

    २०८० चैत्र ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगमा पदाधिकारी नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार