मकवानपुर । मनहरी गाउँपालिका– ९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिका– २ जोरपाटीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्राम सहित सोही गाउँपालिका– ६ बस्ने २५ वर्षीय बिनोद राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
