मकवानपुर । मकवानपुरबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको मनहरी गाउँपालिका– ६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका– ६ बस्ने ४७ वर्षीय रेशम तामाङ समेत ८ जना रहेका छन् । उनीहरुलाई गए राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ४ सय ४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
