काठमाडौं । आइसीसी महिला टी- २० विश्वकप क्रीकेट प्रतियोगिताको सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १३५ रनको लक्ष्य दिएको छ ।
यूएईमा पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १३४ रनको योगफल तयार गरेको हो ।
ब्याटिङतर्फ अष्ट्रेलियाकी विकेट किपर बेथ मुनीले सर्वाधिक ४४ रनको योगदान दिइन भने एलिस पेरीले ३१ तथा कप्तान ताहलिया म्याकग्राले २७ रन जोडिन ।
बलिङतर्फ दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले सर्वाधिक २ विकेट लिइन भने मारिजाने क्यापले एक विकेट चट्काइन ।
विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ७ ओभरको समाप्तिमा १ विकेटको क्षतीमा ५३ रन जोडेको छ ।
