काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
सामाजिक अभियन्ता युवराज सफलले बिहीबार ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन्।
सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारी भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन्।
उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन्।
