मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

माओवादी अध्यक्ष प्रचण्डले बोलाए प्रतिपक्षी दलहरुको बैठक

माओवादी अध्यक्ष प्रचण्डले बोलाए प्रतिपक्षी दलहरुको बैठक

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बोलाइएको

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो । बैठक शुक्रबार ९ बजेका लागि बोलाइएको छ ।

    समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

    बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल लगायतलाई छलफलमा बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार