काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टी- २० आई सिरिजमा नेपाल १७ रनले विजयी भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड पेरीमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४७ रन जोड्यो ।
अमेरिकाका सायन जहन्जिरले अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ६० रन बनाए भने एन्ड्रिज गौसले ३० रन जोडे । त्यस्तै मिलिन्द कुमारले २२ रन बनाए ।
बलिङतर्फ नेपाल दीपेन्द्र सिंह ऎरीले सर्वाधिक ३ विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक-एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १६४ रनको योगफल तयार गएको थियो ।
नेपालका लागि ओपनर अनिल कुमार शाह र आसिफ शेख २७/२७ रन बनाएर आउट भए । कुशल भुर्तेलले १० र गुल्सन झा ११ रन जोडेर आउट भए ।
नेपालका कप्तान रोहित कुमार पौडेलले ४८ रन बनाए भने दिपेन्द्र सिंह ऎरीले २८ रन जोडे ।
बलिङतर्फ अमेरिकाका हर्मित सिंह, जस्दिप सिंह र नोस्थुस केन्जिकेले समान २/२ विकेट विकेट लिए भने अली खानले एक विकेट लिए ।
