काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सिंहदरबारमा जारी रहेको छ ।
गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
