काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्व डिआईजी छविलाल जोशीलाई २० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जोशीलाई जिल्ला अदालत कास्कीले थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिएको हो । आज जिल्ला अदालतले उनलाई असार १७ गतेदेखि लागू हुने गरी २० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अदालत बन्द भएका कारण १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन् । असोज ६ गते पक्राउ परेका जोशीविरुद्ध यस अघि अदालतले ५ दिन र ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
जिल्ला अदालत कास्कीले आजै रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
