मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ पुर्जी

रास्वपा कार्यालय पुग्यो सीआईबी टोली, पक्राउ अघि पत्रकार सम्मेलन गर्ने रविको अडान

रास्वपा कार्यालय पुग्यो सीआईबी टोली, पक्राउ अघि पत्रकार सम्मेलन गर्ने रविको अडान

सभापति लामिछानेले भने पक्राउ पर्नु अघि पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ । 

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सीआईबीको टोली रास्वपा केन्द्रीय कार्यालय बनस्थली पुगेको छ । 

    सहकारीको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरहेको हो । यो सँगै उनलाई पक्राउ गर्ने तयारीका साथ प्रहरीसहित सीआईबीको टोली रास्वपा कार्यालय पुगेको हो । 

    सभापति लामिछाने पक्राउ पर्ने भएपछि रास्वापको कार्यालयमा हाल रास्वपाका नेता, कार्यकर्ताहरुको भीड लागेको छ । रास्वापले लामिछानेको पक्राउ प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई कार्यालयमा बोलाएको छ । 

    सभापति लामिछानेले भने पक्राउ पर्नु अघि पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार