काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजै पक्राउ पर्ने भएका छन् ।
लामिछाने अबको आधाघण्टापछि पक्राउ पर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले अबको आधा घण्टामा लामिछाने रास्वापाको कार्यालय बाहिर आएर सम्बोधन गर्ने जानकारी दिए ।
उनले प्रहरीसँग सहमति भएको र आधा घण्टामा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिने र कार्यकार्तालाई कुनै पनि किसिमको अवरोध नगर्न आग्रह गरे । उनले सडकमार्गबाटै लामिछानेलाई पोखरा पु¥याइने र आफूहरु पनि पोखरा जाने जानकारी गराए ।
