मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हमास

आफ्ना प्रमुख याह्या सिन्वार मारिएको हमासद्वारा पुष्टि

आफ्ना प्रमुख याह्या सिन्वार मारिएको हमासद्वारा पुष्टि

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । हमासका प्रमुख याह्या सिन्वार मारिएको हमसका सिनियर नेताले पुष्टि गरेका छन् ।

    सिन्वारलाई इसरायली सेनाले गाजामा मारेको हमसका सिनियर नेता खलिल हायाले पुष्टि गरेका हुन ।

    एक टेलिभिजन सम्बोधनमा बोल्दै खलिलले फिलिस्तिनिहरू "सहिद याह्या सिन्वारको स्मृतिलाई सम्मान गर्दछन " भनेर भनेका छन् । उनले सिन्वारलाई " एक दृढ , बहादुर र निडर "भन्दै उनले  "हाम्रो मुक्तिको लागि सिनाबारले आफ्नो जीवन बलिदान गरेको " भने ।

    स्माईल हनियाको हत्यापछि रिक्त रहेको स्थानमा हमासले याह्या सिन्वारलाई आफ्नो प्रमुखमा चयन गरेको थियो ।

    २०१६ देखि गाजा पट्टीमा सिनवार ग्रुप लिडरको रूपमा काम गर्दै आएका थिए ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार