काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप क्रीकेट प्रतियोगितामा न्युजिल्यान्डले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
यूएईमा शुक्रबार साँझ भएको खेलमा वेस्ट इन्डिजमाथी ८ रनको जित निकाल्दै न्युजिल्यान्डले फाइनलको यात्र तय गरेको हो ।
न्युजिल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२० रन जोड्यो ।
वेस्ट इन्डिजका लागि डिआन्ड्रा डटिनले सर्वाधिक ३३ रन जोडिन भने अफेय फ्लेचरले १७ तथा हेली म्याथ्यूजले १५ रन बनाइन ।
बलिङतर्फ न्युजिल्यान्डकि इडेन कार्सोनले सर्वाधिक ३ विकेट लिइन भने अमिलिए केरीले २ विकेट चट्काइन ।
पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १२८ रनको योगफल तयार गरेको थियो ।
जर्जिया प्लिमरले ३३ रन बनाइन भने सुजी बेट्सले २८ रनको योगदान दिइन । वेस्ट इन्डिजकी डिआन्ड्रा डटिनले सर्वाधिक ४ विकेट चट्काइन भने अफेय फ्लेचरले २ तथा करिश्मा रामहार्कले १ विकेट लिइन ।
यो जितसँगै प्रतियोगिताको फाइनलमा पुगेको न्युजिल्यान्डले उपाधिका लागि आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
