मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टी- २० आई

कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

५४ बलको सामना गरेका कुशलले ९२ रन बनाए ।

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।

    नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

    नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए । दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १-१ रन बनाए ।

    सिरिजको पहिलो खेल नेपालले १७ रनले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार