मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै 

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै 

रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्तिथि गराइदै छ ।

    शुक्रबार काठमाडौबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा लगिएको थियो । शनिबार बिदा भएकाले प्राहरीले म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागेको हो ।

    लामिछाने पक्राउ भएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ । आज पोखरामा सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेका छन् ।

    दुवै पक्षले प्रदर्शनको तयारी गरेपछि हाल पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

    पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार