मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टी-२० आई

सोमपाल नायक बन्दा अमेरिकासँगको टी-२० आई सिरिज नेपालले एक खेल अगाबै जित्यो

सोमपाल नायक बन्दा अमेरिकासँगको टी-२० आई सिरिज नेपालले एक खेल अगाबै जित्यो

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

    नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

    नेपाललाई सुपर ओभरमा पुर्याएका सोमपालले सुपर ओभरमा पनि उत्कृष्ट बलिङ गरेर नेपाललाई अमेरिकासँगको सिरिजमा नेपालले जित निकाल्यो ।

    सुपर ओभरमा अमेरिकाले ३ रनको लक्ष्य दियो । सुपर ओभरमा ४ बल गरेका सोमपालले २ विकेट लिएर २ रन मात्र दिए । सुपर ओभरमा नेपालका कप्तान रोहित कुमार पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोडेर नेपाललाई जित दिलाए ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाका साइतेजा मुक्कामल्लाले ४७ तथा एन्ड्रिज गौसले ६२ रन बनाए ।

    नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऎरी र सागर धकालले समान एक-एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

    नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए ।

    दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १-१ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार